काठमाडौं, २४ कात्तिक । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले मंगलबारदेखि नियमित काममा फर्कने बताउनु भएको छ ।
रक्त–परीक्षणका क्रममा टाइफाइ भएको चिकित्सकले बताएपछि केही दिनबाट आराम गर्नुभएका भट्टराईले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत मंगलबारदेखि नियमिति काममा फर्किने जानकारी गराउनु भएको हो ।
‘सबैको सदासयताले स्वस्थ बन्दैछु,’उहाँले भन्नुभएको छ, ‘भोलि कार्तिक २५ गतेदेखि नियमित काममा फर्कने सोचले संवादसमितिको वैठक बोलाइएकोछ, अब सबैले देशको स्वास्थ्य विचारौं ।’
उहाँले सोमबार नै राजनीतिक परामर्शलाई तिब्रता दिनुभएको छ ।
भट्टराईले सोमबार प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग टेलिफोन गरी राजनीतिक परामर्श गर्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
उहाँले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग आइतबार बेलुकी कै पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुभएको थियो ।















प्रतिक्रिया