३ कार्तिक २०८३, मंगलबार

‘बाहुबली’का अभिनेता प्रभासलाई छ हजार युवतीले गरे बिहेको प्रस्ताव

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । दक्षिण भारतको फिल्म ‘बाहुबली’का अभिनेता प्रभासलाई युवतीले अत्याधिक मन पराउने गरेको खुलासा भएको छ ।

३६ वर्षीय अभिनेता प्रवासले कोसँग आफ्नो प्रेम साट्लान् भन्नेचाहीँ कौतूहलको विषय बनेको छ । ‘बाहुबली २’ लगायत अन्य थुप्रै चलचित्रमा स्क्रिन सेयर गरेका प्रवास र अभिनेत्री अनुष्का सेट्टीको प्रेम भएको अनुमान लगाए । धेरैभन्दा धेरै फ्यान प्रवास र अनुष्का एक भएको हेर्न चाहन्छन् ।

अनुष्का र प्रभासको डिसेम्बरमा विवाह हुने हल्ला फैलाइदिएका थिए । उनीहरूले आफ्नो सम्बन्ध औपचारिक रूपमा सार्वजनिक गर्न लागेको बताएको थियो ।

उनीहरूले डिसेम्बरमा विवाह गर्न लागेको र यसको औपचारिक घोषणा हुनमात्र बाँकी रहेको हल्ला चले पनि उनीहरू भने मौन थिए ।

६ हजार वटा विवाहका प्रस्ताव अस्वीकार गरेका प्रवासले धेरैले मन पराउँदा आफूले भाग्यमानी महसुस गरिरहेको प्रतिक्रिया दिएका छन् । प्रभासले हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै हालसालै विवाह गर्ने योजना नभएको पनि जानकारी दिए ।

उनले विवाहसम्बन्धी फैलिएका खबरलाई सामान्य मान्दै यस्ता हल्लाले आफूलाई फरक नपार्ने बताए ।

प्रवास र अनुष्काका फ्यानले उनीहरूलाई एउटा उत्कृष्ट जोडीका रूपमा हेर्दै आएका छन् । दुवैले यो खबरमा सत्यता नभएको बताएका छन् ।

प्रवास यति बेला ‘साहो’ नामको चलचित्रमा काम गरिरहेका छन् । उनको विपरीत भूमिकामा अनुष्काले काम गर्ने भनिए पनि प्रोजेक्ट श्रद्धा कपुरको हातमा परेको छ ।