काठमाडौं, २० असोज । कात्तिक ४ गते आयु समाप्त हुँदै गरेको संसदको शुक्रबारको बैठकमा आवश्यक संख्या नपुगेपछि दुई पटक पाँच मिनट घण्टी बजाउनु परेको छ ।
समय थोरै रहेका बेला संसदले दुई दर्जन विधेयक पास गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा सांसदहरू गैरजिम्मेवार भइ अनुपस्थित हुँदा संसद बैठक सोमबार मात्रै दुई पटक स्थगित हुन पुगेको हो ।
शुक्रबारको बैठकमा ७ वटा विधेयक पारित गर्ने कार्यसूची थियो । ३ वटा विधेयक पारित भएर चौथो विधेयक पारित गर्ने बेलामा बैठकमा गणपूरक संख्या पुगेन ।
पछि घण्टी बजाएर सांसदहरूको संख्या पुगाएर कर्मचारी समायोजन सम्बन्धी विधेयक, अन्तर सरकारी वित्त व्यवस्थापन र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग सम्बन्धी विधेयक पारित गरिएको थियो ।
यी विधेयक पारित गरेर राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सम्बन्धी विधेयक पारित गर्ने बेलामा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति जनाएका थिए ।
सांसदको गणना गर्दा १ सय १० जना सांसद मात्र उपस्थित थिए । नियम अनुसार कुनै पनि विधेयक पारित हुन १ सय ४८ जना सांसदको उपस्थित हुनुु पर्छ ।











प्रतिक्रिया