११ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीले माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउनु हुँदैन्ः डा. महत

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । नेपालीकांग्रेसका नेताएवम् पूर्वमन्त्री डा. रामशरण महतले तत्काल नेकपामाओवादी केन्द्रकामन्त्रीहरुलाई बर्खास्त गर्न नहुने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाबोल्दै नेतामहतले मुलुकअहिले चुनावको मुखमाभएकोले यस्तो बेला सरकार फेरबदल र मन्त्रीहरु हटाउने वाथप्ने कामगर्ननहुने बताएकाहुन् । महतले भने,‘चुनावको मिति घोषणा भैसकेको छ, अहिले सरकार तलमाथिगर्नहुन्न, यसले अस्थिरता निम्तिन्छ।’

उनले भने, ‘सत्तारुढ दल नेकपामाओवादी केन्द्रले यसरी विपक्षीदलसँग चुनावी तालमेल र वाम गठबनधन बनाउने निर्णय गरेपछि मन्त्रीहरु हटाउनुपर्ने विषयमा आवाज उठेको छ, तर कांग्रेसमा अहिले मन्त्रीहरुलाई बर्खास्त गर्नेबारे छलफल नै गरेको छैन, कुनै निर्णय भएको छैन, हामीले अहिले त्यतातिर ध्यान दिएका छैनौं, यदित्यसो गरियो भने झनै जटिल समस्या आउँछ, चुनावलाई असर पर्छ।’

उनले मन्त्रीहरु हटाउने वा नहटाउने भन्नेबारे प्रधानमन्त्रीले निर्णय गर्ने कुरा भएको समेत बताए। नेता महतले एमाले–माओवादी केन्दवीच भएको पछिल्लो चुनावीतालमेल र वामएकताको प्रयास अस्वभाविक, अनैतिक र अप्राकृतिक भएको संज्ञा दिए । उनले भने,‘यो गठबन्धन छद्यम भेषमा आएको छ, गोप्य रुपमाआएको छ, दुई पार्टीहरुवीचको तालमेल नै विवादस्पद छ।’ एमाले संविधान संशोधनको नाम नै सुन्न नचाहने र माओवादी केन्द्र जसरी पनि संशोधन गर्नुपर्छ भन्ने शक्तिभएकोले यीदुई दलमा यसबारेमा पनि विवाद भएको उनको भनाई थियो ।

उनले माओवादी केन्द्रलाई खुशी, सन्तुष्टि तुल्याउनको लागिकांग्रेसले धेरै गल्ती गरेको समेत गुनासो पोखे । उनले भने, ‘जस्तो स्थानीयतहकै निर्वाचनमा भरतपुरमा कांग्रेसले माओवादीलाई साथ दिनुहुँदैनथियो, साथदिएर गम्भिर भुल गरेकै हो।’महतले सत्तामा कांग्रेससँग बस्ने अनि गठबन्धन चाहीँमाओवादीले प्रतिपक्षीदलसँग गरेकोले एमाले–माओवादी केन्द्रवीचको एलयान्स नै ‘मोरल’नभएको आरोप लगाए ।

त्यस्तै उनले एमाले अध्यक्ष केपीशर्मा ओलीले जति नै ठूला कुरा गरेपनिएक्लै चुनाव लड्न डराएर अहिले आएर माओवादीसँगतालमेल गर्ने निर्णय गरेको आरोप लगाए । महतले थपे,‘उहाँको ‘टल–टक’पनि देखियो, एक्लै चुनाव लड्न नसकेर वामदललाई साथलिनुभयो, यो उहाँको बाध्यकारी कदमहोला।’ महतले दोहोर्याएर ओलीलाई कांग्रेससँग एक्लै चुनाव लड्ने तागद, आत्मबल नभएर नै वाम गठबनधनतर्फ लागेको संज्ञिन आरोप लगाए ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई त झनै अर्काको काँध चढ्न बानीलागेकोले सोहीअनुसार एमालेको पछि लागेको उनको आरोप थियो । ‘कांग्रेसकै बुँई चढेर माओवादी केन्द्रले २ नम्बर प्रदेशमा सोचेको भन्दा धेरै राम्रो गर्यो’ उनले थपे । माओवादीलाई एक्लै चुनाव लड्दा फाईदा नभएकोले नै उसले यस्तो गरेको महतको आरोप थियो ।

वामपन्थीहरुवीच एकताको प्रयाससँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डले दशवर्षभित्र नेपालमा साम्यवादलागु गर्ने भनेर बोलेको कुरा उल्लेख गर्दै महतले भने,‘साम्यवादआउनु भनेको अबउदार लोकतन्त्र, बहुलवाद र स्वतन्त्र राजनीतिकपक्षको खिलाफमाहोईन, त्यसैले अबमुलुकलाई एक दलीय सर्वसत्तासावदबाट बचाउनको लागिपनिलोकतान्त्रिकशक्तिहरु एक कठ्ठा भएर अघि बढ्नुपर्छ।’
नेपालीजनता साम्यवादको पक्षमा नरहेको उनले दाबी गरे । उनले भने,‘साम्यवादको नारा दिएर केहीहुनेवाला छैन, जनमत सख्तत्यसको खिलाफमा आउँछ।’ यद्धपी उनले आफूहरु कम्युनिष्टहरुको गठबन्धनबाट नडराएको स्पष्ट पारे । उनले दाबीगर्दैभने,‘मुलतः यो कम्युनिष्ट गठबन्धन वाएकीकरण नै टिक्न सक्दैन्।’

मुलुकलाई समृद्धिको मार्गमा डोर्याउन, सुदृढ लोकतन्त्रको पक्षमाउभार ल्याउन, संविधानकार्यान्वयनगर्न, प्रगतिशिलएजेण्डालाई आत्मसात् गर्दै अघि बढ्नको लागिपनि राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउनुपर्नेउनको भनाई थियो । उनले भने,‘हुन त अहिले यसको लागिवार्ता तथा छलफल सुरु भैसकेको छ, चुनावलाई ध्यानमा राखेर हामीले ६ दलीय बृहत्त लोकतान्त्रिकमोर्चा गठन गरेका छौं, त्यहीअनुसार चुनावी तालमेल पनि हुन्छ।’

वाम गठबन्धनसँग भीड्नको लागिआफूहरु तयारी अवस्थामा रहेको महतको खुल्ला चेतावनीथियो । उनले भने,‘हामीवाम गठबन्धनसँग चुनावमा भीड्नको लागितयारी अवस्थामा छौं, अबकांग्रेस एक भएर जान्छ।’ यद्धपी उनले कांग्रेस एक्लै बलियो भएपनिचुनावमाअर्को गठबन्धन बनिसकेकोले आफूहरु पनि एकजुट भएर जानको लागिलोकतान्त्रिकमोर्चा बनाएको स्पष्ट पारे ।