३ कार्तिक २०८३, मंगलबार

सञ्चार व्यावसायी चन्दा घिमिरे अब निर्देशनतिर पनि

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चार व्यावसायी चन्दा घिमिरेले निर्देशन गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नयाँ गीत ‘उमेर ढल्दै जाँदा, झनै मायाँ बढ्दो रहेछ, यस्तै बेला एक अर्काको साथ चांहिदो रहेछ’ नामको बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । चिकित्सक तथा बरिष्ठ गीतकार डा. भोला रिजालको शब्द रचना रहेको उक्त गीतमा रामकृष्ण ढकालको स्वर तथा आलोक श्री को संगीत रहेको छ ।

सञ्चार व्यावसायी चन्दा घिमिरेको चन्दा प्रोडक्सनद्धारा निर्मित गीतको भिडियोमा घिमिरेले नै निर्देशन गरेकी छन् । नेपालीहरुको महान चाड दशैंको अवसरमा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोबाट नेपाली दर्शकले नयाँ स्वाद पाउने निर्देशक घिमिरेले विश्वास गरेकी छन् । उनले भनिन्–‘नेपाली बजारमा भेटिएका गीत र तिनीहरुको भिडियोलाई हेरेर त्यसमा नयाँपन ल्याउन खोजेका हौं । मलाई र मेरो टिमलाई विश्वास गरि मलाई यो मौका प्रदान गर्नुभएकोमा म डा. भोला रिजालप्रति कृतज्ञ छु । यो मेरो विल्कुल नयाँ प्रयास हो । नयाँ प्रयासमा मैले सकेसम्म दर्शकले चाहने विषयलाई भिडियोमा उतार्न खोजेको छु ।’

चन्दा प्रोडक्सन मार्फत विगत ५ वर्षदेखि बृत्तचित्र तथा अन्य सूचनामूलक कार्यक्रमको उत्पादन÷निर्देशन तथा प्रशारण गर्दै आएकी घिमिरेले फरक ढंगले यस भिडियोमा निर्देशन गरि परिमार्जित ढंगले आफू प्रस्तुत भईरहेको हामीलाई जानकारी दिईन् ।

उक्त कार्यक्रममा वोल्दै संगीतकार डा. रिजालले नयाँ तथा युवा पुस्तालाई मौका दिनुपर्ने बताउदै आफूले उक्त भिडियोको निर्देशक चन्दा घिमिरे धेरै लामो समयदेखि चिरपरिचित रहेको र घिमिरेको मेहनतको कदरस्वरुप आफूले उक्त जिम्मेवारी दिएको बताए । वास्तवमा जति शव्दमा मिठास रहेको छ, भिडियोलाई न्याय दिने काम निर्देशक घिमिरेले गरेको पाएँ, डा. रिजालको भनाई थियो ।

भिडियोमा अभिनय गर्ने बरिष्ठ कलाकारद्वय मदनदास श्रेष्ठ र बसुन्धरा भुसालको एक जोडदार अभिनयमा भिडियो बनाएको बताउँदै घिमिरेले भनिन्–‘डा. भोला रिजालको शव्दलाई रामकृष्ण ढकालको स्वर र आलोक श्रीको संगीतले जति उज्यालो बनाएको छ, उक्त गीतलाई मदनदास दाई र बसुन्धरा दीदीको अभिनयमा ढालेर मैले नयाँ रुप दिने प्रयास गरेको छु । बास्तवमा ‘उमेर ढल्दै जाँदा, झनै मायाँ बढ्दो रहिछ, यस्तै बेला एक अर्काको साथ चाहिदो रहिछ’ यो लाईनले नै गीतको पूरा भाव प्रष्ट्याईदिन्छ । जव जव उमेर बढ्दै जान्छ, तव तव छोराछोरी लाखापाखा लागिसकेका हुन्छन्, अनि त्यो समयमा साथी भनेकै श्रीमान श्रीमती नै हुने भएकाले यो गीतले हामी सवैको जिवनमा मेल खाने हुनाले पनि सवैले मन पराउने विश्वास लिएकी छु निर्देशक घिमिरेले भनिन् । आशावादी छु दर्शकले मेरो निर्देशनलाई मन पराइदिनु हुनेछ ।’

घिमिरेले टेलिभिजन कार्यक्रम सहयात्रा र सहयात्राटीभी अनलाइन सँगसँगै सञ्चालन गर्दै आएकी छिन् ।