– हृदयेश त्रिपाठी
अहिलेको वाम तालमेल प्राकृतिक देखिए पनि यसको नतिजा अप्राकृतिक नहोस्। यदि अहिलेको गठबन्धन कांग्रेसलाई अवमूल्यन गर्नको लागि गरिएको हो भने नतिजा राम्रो हुन सक्दैन। कांग्रेस, एमाले र माओवादी केन्द्र एक ठाउँमा बसेर वर्तमान त्रुटिपूर्ण संविधान जारी गरेका हुन्। त्यसको पछाडि शक्ति बाँडफाँटको जुन उपक्रम थियो, त्यो चकनाचुर भइसकेको छ। तसर्थ चुनावलाई मात्र केन्द्रित गरेर कुनै पनि प्रकारको धु्रवीकरण हुन्छ भने निर्वाचनपछि बन्ने सरकार र बाँडफाँटमा गतिरोध उत्पन्न हुन सक्छ।
उहाँहरूको प्रिय संविधानले गरेको व्यवस्थाअनुसार कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने अवस्था छैन। त्यसो हुँदा यो एकीकरण प्रक्रिया झनै जटिल हुने देखिन्छ। यसकारण कांग्रेसलाई समेत विश्वासमा लिएर एमाले-माओवादी अघि बढ्नुपर्छ। जहाँसम्म मेरो कुरा छ, म राजपाबाट प्रताडित भएकाले राजपामा रहने अवस्था रहेन। त्यही कारण एमालेसँग चुनावी तालमेल गरेका हौं। सूर्य चिन्ह लिए पनि हामी स्वतन्त्र राजनीतिक समूह हौं। – अन्नपूर्ण पोष्ट
(लेखक स्वतन्त्र राजनीतिक समूहका संयोजक हुन् ।)
















प्रतिक्रिया