११ मंसिर २०८३, शुक्रबार

भीम रावलको नाम कैलालीबाट पनि सर्वसम्मत, अछाम र कैलालीमध्ये कुन रोज्लान ?

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– लक्ष्मीप्रसाद जैशी

बौनियाँ, २० असोज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका उपाध्यक्ष भीम रावलको नाम कैलालीबाट सिफारिस भएको छ । यसअघि अछामबाट पनि उनको नाम उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भइसकेको छ ।

नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ ले प्रतिनिधिसभा सदस्यका लागि रावलको नाम सर्वसम्मत सिफारिस गरेको हो । शुक्रबार कैलालीको बौनिया“मा बसेको पार्टिको क्षेत्रीय कमिटिको बैठकले रावललाई सर्वसम्म सिफारिस गरेको हो ।

बैठकले बैकल्पिक केन्द्रीय सदस्य झपट रावल र महिला पावर्ती बजंगाईलाई बैकल्पिक उम्मेदवारको रुपमा छनौट गरि सिफारिस गरेको नेता डेजी पाण्डेले जानकारी दिए ।

यस्तै प्रदेशसभाको लागी डेजी पाण्डे, कर्ण कुवँर र खिमा बोहराको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

संविधानअनुसार प्रतिनिधिसभामा दुई ठाउँबाट चुनाव लड्न पाउने व्यवस्था छैन् । दुई ठाउँबाट सिफारिस भएका एमाले शीर्ष नेता रावलले कैलाली र अछाममध्ये कुन रोज्लान भन्ने अहिले चर्चाको विषय बनेको छ । स्रोतका अनुसार उनले अन्तिममा गृहजिल्ला अछाम नै राज्ने बताइन्छ ।