अमेरिका । नायिका निता ढुंगाना सनफ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने भएकी छिन् ।
अमेरिकाको सनफ्रान्सिस्को सहरमा आगामी अक्टोबर २५ देखि २९ सम्म नयाा अवधारणा अनुसार हुने उक्त महोत्सवमा कलाकार ढुंगाना आउने छिन् ।
चलचित्र महोत्सवमा गत वर्षदेखि नेपाली चलचित्रले पनि सहभागी हुन् थालेको साउथ एसियन संयोजक तथा नेपाल पर्यटनबोर्ड सन सनफ्रान्सिस्को लागि दूत प्रकाश थापाले जानकारी दिए ।
गत वर्ष नेपाली चलचित्र ‘तीन घुम्ती’ले उत्कृष्ट बिदेशी भाषाको चलचित्र पुरस्कार जित्न सफल भएको थियो ।
महोत्सबमा सहभागी हुन् पाउँदा मेरो सपना पूरा भएको ढुंगानाले बताइन् । हालिवुड र एसियन चलचित्र गरी २ सय चलचित्रले प्रतिस्पर्धा गर्ने छन् ।
















प्रतिक्रिया