१५ कार्तिक २०८३, आइतबार

उपेन्द्र यादवका कारण कांग्रेसलाई झट्का

28.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससंग तालमेलका लागि खुला रहे तापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

कांग्रेससंग मात्रै नभई, एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा उत्रने फोरमले औपचारिक निर्णय लिएको छ ।