काठमाडौँ, २३ कात्तिक । एसीसी यू–१९ प्रिमियर क्रिकेटमा नेपालले साउदी अरेबियालाई १९५ रनले पराजित गर्दै फराकिलो जित हाँसिल गरेको छ ।
कुवेतमा जारी पहिलो खेलमा नेपालले साउदी अरेबियालाई १२६ रन मै अल आउट गर्यो । नेपालले साउदी सामू ३२२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुलाबिया मैदानमा ४९.५ ओभरमा ३ सय २१ रन बनायो । साउदी अरेबिया ३७.५ ओभर खेल्दै १२६ रनमा समेटियो।
खेलमा नेपालका लागि शुसील कडेलले ३, दीपेश श्रेष्ठ र सुनिल धमलाले २–२ तथा प्रेम तामाङले १ विकेट लिए।













प्रतिक्रिया