११ मंसिर २०८३, शुक्रबार

माओवादी मन्त्रीहरु बर्खास्त गर्ने तयारीमा देउवा, उपेन्द्र यादव र कमल थापासँग यस्तो सहमति

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । सरकारमा हुँदाहुँदै प्रतिपक्षी दलसँग मोर्चाबन्दी गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

उपेन्द्र यादवको संघीय समाजवादी फोरमदेखि कमल थापाको राप्रपासम्म मिलाएर ३०२ सीट बहुमत भएको ६ दलीय लोकतान्त्रिक गठबन्धन निर्माण प्रक्रिया सुरु गरेका देउवाले माओवादी मन्त्रीहरुलाई हटाउने तयारी थालेका हुन् ।

यद्यपी एमालेसँग वाम एकता गरेको माओवादीले चुनावसम्म सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ र विपक्षी एमालेले पनि चुनाव सम्पन्न गराउन वर्तमान सरकारलाई सहयोग गर्ने स्पष्ट पारिसकेको छ । एमाले र माओवादीले यस्तो उदारता देखाउँदा पनि देउवा माओवादी मन्त्री हटाएर झेली खेल खेल्ने तयारीमा लागेका हुन् ।

उसो त एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच वाम एकता भएपछि देउवाले कांग्रेससहित संघीय फोरम, राजपा नेपाल, लोकतान्त्रिक फोरम, राप्रपा प्रजातान्त्रिकलगायत ६ दल समेटेर बृहत लोकतान्त्रिक गठबन्धन बनाउने प्रक्रिया थालिसकेका छन् । ६ दलीय गठबन्धनको बहुमत घमण्डबाट प्रेरित भएर देउवा कात्तिक ५ गतेपछि संसद नरहने भएकाले अविश्वास प्रस्तावको खतरा टरेपछि माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने र अन्य दललाई सरकारमा थप्ने तयारी लागेको उच्च स्रोतले बतायो ।