११ मंसिर २०८३, शुक्रबार

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक भोलि बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई उपस्थितिका अनुरोध गरिएको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थिती, निर्वाचन, वाम एकता, लोकतान्त्रिक गठबन्धन निर्माणका विषयमा छलफल हुने बताइएको छ । बैठकले कांग्रेसको अगामी रणनीति समेत तय गर्नेछ ।