११ मंसिर २०८३, शुक्रबार

गठबन्धन बनाउन कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसले मुलुकको पछिल्लो विकसित राजनीतिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेसले बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यसमितिको असोज २० गते शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने भएको जनाएको छ ।

बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

एमाले र माओवादी केन्द्रले वामपन्थी गठबन्धन बनाएपछि कांग्रेसले रणनीति बनाउन केन्द्रीय कार्यसमिति बैठक बोलाएको बताइएको छ । काँग्रेसले पनि आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन पहल थालेको छ ।