११ मंसिर २०८३, शुक्रबार

एमालेले छाती ठूलो बनाएर माओवादीलाई ४० प्रतिशत दिएको हो: शंकर पोखरेल

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १९ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी केन्द्रलाई एमालेले उच्च स्थान दिएको बताएका छन् ।

बुधवार दाङको घोराहीमा छलफल चौतारीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले एमालेले छाती ठूलो पारेर माओवादी केन्द्रलाई ४० प्रतिशत दिएको प्रतिक्रिया दिए ।

माओवादी केन्द्रसँग अर्को विकल्प नभएकाले एमालेमा मिसिन आएको उनको भनाई थियो ।

माओवादी केन्द्र आफ्नो सैद्धान्तिक तथा वैचारिक र व्यवहारिक मोर्चामा असफल भएपछि एकता प्रक्रियामा सहमत भएको पोखरेलले बताए । ‘जनताको बहुदलीय जनवादको धरातलमा नै माओवादी आन्दोलनको रुपान्तरण भएको हो,’ उनले भने ।