१५ कार्तिक २०८३, आइतबार

एमाले–माओवादीबीच भएको सहमतिको मसी सुक्न नपाउदै आयो गम्भीर समस्या

24.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेलसंगै पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको भोलिपल्टैबाट माओवादी केन्द्रभित्र आन्तरिक विवादले उग्र रुप लिएको छ ।

माओवादी केन्द्रभित्र नेतृत्वले पार्टीमा पर्याप्त छलफल नै नगरी एमालेसंग चुनावी तालमेल र पार्टी एकताका लागि कार्यदल गठन गर्ने निर्णय गरेको भन्दै केही नेताले सार्वजनिकरुपमै असन्तुष्ट ब्यक्त गरेका छन् । नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

नेकपा (माओवादी केन्द्र)भित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना शुरु भएको छ ।