११ मंसिर २०८३, शुक्रबार

बाम एकतामा सीपी मैनालीको नेकपा माले पनि सामेल हुने, दिल खोलेरै गर्यो स्वागत

14.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेकपा मालेका महासचिवका सीपी मैनालीले आफ्नो पार्टीको चुनावअघि एमाले–माओवादी केन्द्रसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘अहिले उहाँहरुसँग एकताको कल्पना समेत गरिएको छैन, अहिले चुनावको मुखमा हामी छौं, हामीले बरु चुनावी तालमेलको बारेमा सोच्न सक्छौं, तर एकता हुन्छ भनेर बाहिर हल्ला चलाईएको छ, अहिले एकता हुँदैन् ।’

महासचिव मैनालीले आफूहरुको सैद्धान्तिक विचारदेखि लिएर अन्य विभिन्न पक्ष समेटेर महत्वपूर्ण आठ दश वटा विषयहरु रहेकोले त्यसमा सहमति नभएसम्म एमाले नेतृत्वको मोर्चासँग एकता नहुने ठोकुवा गरे ।

उनले थपे, ‘पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा हामी छौं, तर विचार र सिद्धान्त मिल्नेहरुको वीचमा मात्रै एकता हुनुपर्छ, हाम्रो अहिले उहाँहरुसँग कुनै एजेण्डा नै मिल्दैन् ।’ उनले चुनावअघि एकताको कुरा गर्नेबारे आफूहरुलाई कुनै फुर्सद समेत नरहेको जिकिर गरे । मैनालीले भने, ‘नजाने गाउँको बाटो नै नसोध्नुहोस् ।’

नेता मैनालीले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिवीचको चुनाव तालमेल र एकता प्रयास तमासा बन्न नहुने धारणा राखे । उनले थपे, ‘उहाँहरुवीचको एकताप्रयास अत्यन्तै सकारात्मक छ, म स्वागत नै गर्छु, हाम्रो पार्टीले स्वागत गर्छ ।’ त्यस्तै उनले माओवादीसँगको एकता प्रयासले एमालेलाई राष्ट्रवादी शक्ति बन्ने अवसरबाट कतै बञ्चित त भएको होईन भन्ने पनि बहस सुरु भएको टिप्पणी गरे ।

तर उनले तीन पार्टीवीचको एकता प्रयासले नेपालमा बहुमतको सरकार बन्ने ढोका खुलेको बताउँदै यो राम्रो संकेत भएको बताए । उनले थपे, ‘एमालेले केही गुमाएपनि मुलुकमा स्थिर सरकार बन्ने भयो, यो खुशीको कुरा हो ।’ दुवै दलहरुवीच धेरै कुराहरु मिल्ने भएकोले मिल्नु नौलो कुरा नभएको उनको तर्क थियो ।