११ मंसिर २०८३, शुक्रबार

कानूनविदलाई एकाएक किन बालुवाटार बोलाए प्रधानमन्त्रीले ? यस्तो गम्भीर कदम चाल्दैछन् देउवा

21.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । वाम एकताबाट आत्तिएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कानूनविदहरुसँग परामर्श थालेका छन् ।

सरकारको पुनर्गठन र संसद भंगसम्म कदमबारे कानूनी परामर्श लिन देउवाले आकस्मिक रुपमा अहिले आफ्ना पार्टीनिकट कानूनविदहरु बोलाएर बालुवाटारमा छलफल थालेका हुन् ।

बालुवाटार स्रोतका अनुसार बैठकमा महान्यायाधिवक्ता, कानूनविद्हरु, कांग्रेसका शीर्ष नेता लगायत उपस्थित छन् । जसमा एमालेसँग वाम गठबन्धन गरेको माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाएर सरकार पुनर्गगठन र उस्तै परे संसद विघटनसम्मको विषयमा कानूनी प्रावधानबारे छलफल भइरहेको उच्च स्रोतले बतायो । देउवाले कानूनविदसँग परामर्श गरेर आवश्यक कदम चाल्ने तयारी गरेको बताइएको छ ।