११ मंसिर २०८३, शुक्रबार

भीम रावलको प्रश्नः वाम एकताबाट कांग्रेस किन यसरी छट्पटियो, हामी मिल्दा कसरी अनिष्ट हुन्छ ?

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकार परिवर्तन आफूहरुको प्राथमिकतामा नभएको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले तोकिएकै समयमा निर्वाचन सम्पन्नगर्नको लागि सरकारले गम्भिर भएर काम गर्नुपर्ने बताए । उनले भने, ‘हामीले अहिले सरकार फेरबदल गर्नेबारे कुनै रुची राखेको छैन, यो सरकारको काम पनि चुनाव गराउनु नै हो, त्यसैले हामी अहिले सरकार परिवर्तन गर्दैनौं ।’

रावलले यदि आफूहरुको एकताप्रयास र चुनावी तालमेलका कारण कांग्रेसमा आएको छट्पटीले निर्वाचनमा प्रतिकुल असर परे आफूहरुले बाध्य भएर पाईला चाल्ने बताए ।

उनले भने, ‘तर हाम्रो उद्देश्य र लक्ष्यअहिले सरकारतिर छैन, चुनावमा हामी केन्द्रित भएका छौं ।’ उनले वर्तमान सरकारले घोषित मितिभित्रै ईमानदारितापूर्वक आफ्नो काम पूरा गरोस भन्दै त्यसको लागि सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारे ।

देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानको लागिआफूहरुको तालमेल र पार्टी एकताको प्रयास सुरु भएको स्पष्ट पारेका छन् । रावलले भने,‘देशमा छोटो–छोटो समयमा हुने सरकार परिवर्तनको कारणले राजनीतिक स्थायित्व हाँसिल हुन सकेको छैन, त्यसैले हामीले त्यसलाई चिर्नको लागि र त्यो अन्यौलता समाप्त पार्नको लागि वाम एकताको थालनी गरेका छौं ।’

रावलले तीन पार्टीवीचको चुनावीतालमेल र पार्टी एकताको प्रयासबाट अचम्मित बनेर कांग्रेसले अनिष्टको संज्ञाको दिन हाँस्यस्पद भएको बताए । उनले भने, ‘एउटै दर्शन, विचार र सिद्धात भएका हामीहरुवीच भएको सहकार्यबाट कोही किन यसरी छट्पटीमा पर्नुभएको होला ? मलाई त आश्चर्य लागेको छ ।’

उनले आफूहरुको एकतालाई लिएर राष्ट्रको अनिष्ट हुन्छ भन्नेहरुलाई नै चुनावमा अनिष्ट हुनेभयो भन्ने भुत सभार भएको आरोप लगाए । उनले भने, ‘अरुको आडमा टेको लगाएर यसो उफ्रिनेहरुको लागि बरु अनिष्ट हुने भयो ।’ उनले बढीभन्दा बढी दलहरु एक ठाउँमा आउनु मुलुकलाई राजनीति स्थायित्व र समृद्धितर्फ डोर्याउन मद्दत पुग्ने विश्वास दिलाए ।

त्यस्तै उनले आफूहरुको एकता प्रयासलाई लिएर केही नेताहरुले लोकतन्त्रमाथि नै खतरा भनेर बोलेको पनिआफूहरुले सुनेको उल्लेख गर्दै भने, ‘लोकतन्त्रको अभ्यास गर्ने पार्टी एमालेभन्दा अरु कोहीपनि छैन, त्यसैले यस्तो कुरा वाईयात हो ।’