काठमाडौं, १८ असोज । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच भएको वाम एकताको घोषणाले आत्तिएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बृहद् लोकतान्त्रिक मोर्चा गठन गर्नका लागि छलफल शुरु गरेका छन् ।
नेता विमलेन्द्र निधिका अनुसार देउवासहित कांग्रेसका शीर्ष नेताहरुले आज अपराह्न लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम नेपाललगायत दलसँग प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गर्दैछन् ।
बैठकमा उपेन्द्र यादव, विजय गच्छदार, कमल थापा, पशुपति सम्शेर जबरा लगायत नेताहरु उपस्थित हुने भएका छन् ।
मंगलबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीच प्रदेश र संघीय संसद्मा चुनावी तालमेल गर्ने घोषणा भएपछि संसद्को ठूलो दल काँग्रेसले पनि लोकतान्त्रिक गठबन्धन गर्ने गरी छलफल शुरु गरेको हो ।












प्रतिक्रिया