काठमाडौं, १८ असोज । वरिष्ठ पत्रकार किशोर नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले प्रतिपक्षी एमालेसँग सहकार्य गर्ने र पार्टी एकीकरण गर्ने घोषणा गरेको अवस्थामा प्रधानमन्त्री देउवाले इमान्दारिताको साथ राजीनामा दिनुपर्ने नेपालको सुझाव छ ।
उनले सामाजिक सञ्जाल ट््वीटरमार्फत भनेका छन्– तीन वामदल एक भएको अवस्थामा कांग्रेस–माओवादी गठबन्धन टुटेको छ । प्रम देउवाले सम्मानपुर्वक राजीनामा दिएर विपक्षीका लागि बाटो खोल्नुपर्दछ ।












प्रतिक्रिया