११ मंसिर २०८३, शुक्रबार

देउवाको गृहजिल्लामा नेविसंघका केन्द्रीय अध्यक्ष महरसहित १४ नेतामाथि कारवाही

12k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजेन्द्र ठगुन्ना

डडेल्धुरा, १८ असोज । नेपाली कांग्रेस डडेल्धुरा कार्य समितिको बुधबार बसेको कार्य समिति बैठकले सांसद नरभान कामी, नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिंह महरलगात १४ जना नेतालाई कारवाही गरेको छ ।

मंगलबार नेपाली काग्रेस डडेल्धुराका पुर्व सभापति रघुबर भट्ट र बर्तमान सभापति कर्ण मल्ल समूहले प्रदेश सभाको निर्वाचनका लागी छुट्टा छुट्टै सिफारिस पठाएपछि आज सभापति मल्लले कार्य समितिको बैठक बोलाएर १४ जना नेताहरुलाई कारवाहीका लागी केन्द्रिय अनुशासन समितिलाई सिफारिस गरेको छ ।

जिल्ला पार्टी कार्यालयमा बोलाएको जिल्ला कार्य समितिको बैठकलाई बहिस्कार सिंहदरवारको शक्तिको आडमा छुटटै बैठक बोलाएर नेपाली कांग्रस डडेल्धुरालाई कम्जोर पार्ने कार्य गर्ने व्यक्तिहरुलाई कारवाहीका लागी सिफारिस गरिएको पार्टी सभापति कर्ण मल्लले पत्रकार सम्मेलनमा जानकारी दिए ।

रघुबर भट्ट समुहले जिल्ला कार्य समिति विरुद्ध राज्यको शक्ति प्रयोग गरेर विभिन्न प्रलोभन देखाएर कार्य समितिमा आफ्नो बहुमत पुरयाउन खोजेको भएपनि त्यसो हुन नसकेको सभापति मल्लले बताए । उनले भने– यदि अहिलेको कार्य समितिविरुद्धमा कसैले बहुमत पुर्याउंछ भने त्यही बेला नै पार्टी सभापतिबाट आफूले राजीनामा गर्नेछु ।