११ मंसिर २०८३, शुक्रबार

देउवालाई हटाएर अर्को सरकार बनाउँछौँ : माओवादी केन्द्र

24.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरूलाई पदबाट हटाए अप्रिय निर्णय लिने चेतावनी दिएका छन् ।

बुधबार बिहान नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै श्रेष्ठले प्रदेश र संसदको निर्वाचन सम्पन्न नहुँदासम्म माओवादीको समर्थन देउवालाई रहने बताए । उनले आफूहरू देउवाको सम्भावित कदमलाई लिउर तयारी अवस्थामा बसेको बताए ।

‘हाम्रो समर्थन देउवा सरकारलाई छ’, उनले भने, ‘माओवादीका मन्त्रीहरूलाई देउवाले हताउनु भयो भने हामीले पनि उहाँलाई हटाएर नयाँ सरकार बनाउँछौँ । हामीसँग दुईतिहाइभन्दा धेरै बहुमत छ ।’

माओवादी मन्त्रीहरूलाई देउवाले हटाएर अन्य दलका सांसदलाई मन्त्री बनाउने चर्चा चलिरहेका बेला नेता श्रेष्ठको यस्तो धारणा सार्वजनिक भएको हो ।

एमालेका अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा जाने कुनै पनि सहमति नभएको श्रेष्ठले बताए । ‘पार्टी र सरकार आलोपालो गरेर चलाउने सहमति भएको छ’, उनले भने, ‘केपी ओलीजीलाई प्रधानमन्त्रीमा अगाडि सार्ने कुनै सहमति भएको छैन ।’