११ मंसिर २०८३, शुक्रबार

ओलीको घोषणाः नयाँ शक्ति पार्टी सूर्य चिन्हमा नै चुनाव लड्छ

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एमालेको सूर्य चिन्हमा नै चुनाव लड्ने घोषणा गरेका छन् ।

पार्टी एकताका लागि राष्ट्रिय सभागृहमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ शक्ति पार्टी सूर्य चिन्हमा नै चुनाव लड्ने स्पष्ट पारे । ‘अरु साथीहरु पनि सूर्य चिह्नमै चुनाव लड्ने प्रक्रियामा छन्,’ ओलीले भने– ‘हामी एक छौं, कहिले देश बनाउन एक थियौं, कहिले देश बचाउन एक थियौं अब जनताको सरकार र देश बनाउन एक छौं ।’