११ मंसिर २०८३, शुक्रबार

वामपन्थी एकता कसैविरुद्ध लक्षित छैन्, यो राष्ट्र र जनताको पक्षमा छः प्रचण्ड

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता कसैका विरुद्ध नभएको प्रष्ट पारेका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएदेखि एकताका लागि त्यतिबेला नै एमालेसँग छलफल भएको तर निष्कर्षमा पुग्न नसकिएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि राष्ट्रिय सभागृहमा आयोजित संयुक्त पत्रकार सम्मेलन भने- ‘पार्टी एकता र गठबन्धन कसैका विरुद्ध होइन् । यो नेपाली राष्ट्र र जनताको पक्षमा छ । प्रगति र परिवर्तको पक्षमा छ, सामाजिक न्यायको पक्षमा छ ।’

उनले यो एकता कम्युनिष्टको बीचमा मात्रै सम्बन्धित नरहेको भन्दै लोकतान्त्रिक शक्ति र परिवतनकारी शक्तिहरुलाई सहकार्यका लागि आह्वान गरे । ‘अन्य पार्टी र पक्षसँग हकसम्बत हुनेगरी एमाले र माओवादीबीच ६० र ४० अनुपात भएको छ । मधेसी र लोकतान्त्रिक शक्तिहरुका लागि बाटो खुल्ला छ,’ प्रचण्डले भने ।