काठमाडौं, १७ असोज । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नयाँ वामपन्थी शक्तिले दुई तिहाई बहुमत ल्याएर देशलाई समृत बनाउने उदघोष गरेका छन् ।
पार्टी एकताका लागि राष्ट्रिय सभागृहमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बाबुरामले दुई तिहाई बहुमत ल्याएर प्रत्यक्ष कार्यकारी राष्ट्रपति ल्याएरै छाड्ने र देशलाई समृद्ध बनाउने बताए । उनले अब आफूहरु एक भएर अगाडि बढ्ने प्रतिबद्धता प्रतिबद्धता व्यक्त गरे ।
उनले केही महिनाभित्र देशमा राजनीतिक धुव्रीकरण गरेर देखाउने बताउँदै एकताबद्ध भएर आगाडि बढ्न कार्यकर्ताहरुमाझ आह्वान गरे ।











प्रतिक्रिया