११ मंसिर २०८३, शुक्रबार

एमाले-माओवादी मिल्न लाग्दा यस्तो आयो काँग्रेस महामन्त्रीको प्रतिक्रिया

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १७ असोज । नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री शसांक कोइरालाले सत्ता साझेदार माओवादीलाई आगामी निर्वाचनमा कसरी लिएर जाने भन्ने विषयमा छलफल जारी रहेको बताएका छन् ।

काँग्रेस र माओवादी मिलेर जाने टुंगो लाग्दै गर्दा महामन्त्री कोइरालाको यो अभिव्यक्ति आएको हो । नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार भैरहवामा गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसको मुख्य भूमिका रहेको बताए ।

नेपाली कांग्रेसको संगठन अलि तल खस्केका कारण माओवादीलाई पनि सँगै लिएर जानुपर्ने काँग्रेसको बाध्यता रहेको उनले बताए । माओवादीलाई यहाँसम्म ल्याउने काम कांग्रेसले गरेको भन्दै उनले आगामी निर्वाचनमा पनि माओवादीसँग मिलेर जाने दाबी गरे । उनले एमाले र माओवादीबीचको तालमेलका विषयमा धेरै टिप्पणी गर्न चाहेनन् ।