११ मंसिर २०८३, शुक्रबार

एमालेसित सहमति हुनै लाग्दा दाहालले देउवासँग गरे गोप्य वार्ता

19k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य वार्ता भएको छ ।

अध्यक्ष दाहालले बालुवाटार पुगेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवासँग एमालेसँग हुन लागेको सहमतिका विषयमा जानकारी गराएका हुन् ।

स्रोतका अनुसार दाहालले एमालेसँग पार्टी एकीकरण तथा संघ र प्रदेशको चुनावमा तालमेलको निर्णय लिनुअघि सो विषयमा परामर्श गरेको जनाइएको छ ।

देउवा र दाहालबीच आधा घण्टा एक्लै कुराकानी भएको थियो । यी दुई शीर्ष नेताबीच फेरि पुनः वार्ता हुने स्रोतको भनाइ छ ।

एमालेसँग एकीकरण र तालमेल नजिक पुगेको माओवादी केन्द्रले सत्ताको साथ नछाड्ने प्रतिबद्धता कांग्रेससँग गर्दै आएको छ ।

सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले एकीकरणका विषयमा छलफलबारे ब्रिफिङ गरेका थिए । एमाले र माओवादी केन्द्रबीच सम्भवत मंगलबार पार्टी एकीकरण र तालमेलका विषयमा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।