बेनी । दुवै मिर्गौलाले काम नगरेपछि गम्भीर बिरामी भएका म्याग्दी पात्लेखेत–९ वाखेतका लालबहादुर बुढाथोकीलाई बेलायतमा रहेका म्याग्देलीले रु ३० लाख आठ हजार ६६० सहयोग गरेका छन् ।
स्थानीय घारसुन्ना लालीगुराँस युवा क्लब वाखतेको पहल तथा बेलायतमा रहेका ओमबहादुर रोकाको संयोजकत्वमा सङ्कलन भएको रकम पीडित बुढाथोकीलाई हस्तान्तरण गरिएको लालबहादुर बुढाथोकी बचाउ अभियानका संयोजक अमर रोकाले बताउनुभयो ।
“मानवीय सहयोगमा म्याग्देलीले देखाइरहेको सक्रियताले जिल्लाको प्रतिष्ठासमेत बढाएको छ,” रोकाले भन्नुभयो ।
बेलायतको विभिन्न स्थान तथा व्यक्तिबाट सहयोग सङ्कलन गर्न धनकुमारी रोका, खड्क सिंह थापा, नुनु थापा, अमर रोका, हरिमाया राम्जाली, अपिन रोकालगायतले सक्रियता देखाएका थिए ।
बुढाथोकीको उपचारका लागि यस अगाडि बेलायतमै रहेकी धनमाया बुढाथोकीले रु एक लाख २३ हजार सहयोग गरिसक्नुभएको छ । शिक्षण अस्पतालमा उपचाररत बुढाथोकीको मिर्गौला प्रत्यारोपणका लागि विभिन्न देशमा समेत सहयोग सङ्कलन भइरहेको छ ।













प्रतिक्रिया