३ कार्तिक २०८३, मंगलबार

आफ्नै ओठ मन पर्छ दीपिकालाई

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘ऐश्वर्या’बाट फिल्ममा डेब्यु गर्दै गरेकी दीपिका प्रसाइँलाई बलिउड फिल्मका अभिनेता आमिर खान र दीपिका पादुकोण मन पर्ने कलाकार हुन् ।

दीपिका पछिल्लो समय चर्चामा पनि छिन् । आफ्नो पहिलो फिल्मको प्रचार प्रसारमा दीपिका कम्मर कसेर लागेकी छन् ।

‘ऐश्वर्या’मा दीपिकाको अपोजिट भूमिकामा अभिनेता रमेश उप्रेती देखिने छन् । दीपिकाले फिल्म राम्रो बनेको बताएकी छिन् ।

मेकअप गर्न रुचाउने दीपिकाले आफ्नो स्वास्थ्यलाई पनि उत्तिकै ध्यान दिने गरेको बताउँछिन् । उनलाई क्याजुअल ड्रेस सजिलो लाग्छ ।

वान पिस, गाउन पनि मनपर्ने गरेको उनको भनाइ छ । हुन त उनलाई आफ्नो ओठ राम्रो लाग्छ । ब्याचलर सिध्याएकी दीपिका अब फिल्म क्षेत्रमै केन्द्रित रहने योजना सुनाइन् ।