काठमाडौं, १६ असोज । नेकपा एमालेले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट राजन भट्टराईलाई अघि सारेको छ ।
एमालेको प्रतिनिधिसभा काठमाडौं ४ नम्बर क्षेत्रीय समन्वय कमिटीले सोमबार केन्द्रीय सदस्य तथा सांसद राजन भट्टराईलाई सांसद उम्मेदवार सिफारिस गरेको हो ।
काठमाडौं क्षेत्र नम्बर ४ कांग्रेस युवा नेता गगन थापाले चुनाव जित्दै आएको क्षेत्र हो । यसपटक पनि थापा यहाँबाट चुनाव लड्दैछन् । अब गगन थापासँग क्षेत्र नम्बर ४ मा एमालेबाट राजन भट्टराई भिड्ने भएका छन् ।
अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिका विज्ञ भट्टराई हाल नेपाल–भारत प्रबुद्ध समूहका सदस्य छन् ।












प्रतिक्रिया