११ मंसिर २०८३, शुक्रबार

काँग्रेसले संघीय र प्रादेशिक निर्वाचनमा वरिष्ठतम र प्रभावशालीलाई टिकट दिनेः एनपी साउद

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १६ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले स्थानीय तहको निर्वाचनले ऐतिहासिक कार्यभार पुरा भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कञ्चनपुरद्वारा सोमबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता साउदले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन ऐतिहासिक भएको बताउनुभएको हो ।

काँग्रेस नेतृत्वको सरकारले तीनै चरणमा भएको निर्वाचन पुर्णतया शान्ति सुव्यवस्थाका साथ सम्पन्न भएको बताउदै अब प्रादेशिक र संघीय निर्वाचन पनि स्थानीय तहकै जस्तो शान्तिपूर्ण भयरहित ढङगबाट सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

लामो समयदेखि जनप्रतिनिधी बिहिन भएको स्थानीय तहमा जनप्रतिनिधी आउनु सुखद पक्ष भएको बताए । पूर्व सिँचाई मन्त्री समेत रहेका साउदले जनप्रतिनिधी आएपछि विकास निर्माण हुने आशा व्यक्त गर्नुभयो ।

संघीय र प्रादेशिक निर्वाचनका लागि नेपाली काँग्रेसले पारदर्शी, बरिष्ठतम र प्रभावशालीका आधारमा टिकट दिने बताउदै छिट्टै उम्मेद्वारीको टुङ्गो लगाएर निर्वाचनमा होमिने बताए ।

आगामी निर्वाचनमा अन्तरघात नगरी काँग्रेस जिताउने अभियानमा होमिन समेत नेता साउदले कार्यकर्तामा आह्वान गर्नुभयो । स्थानीय तहको निर्वाचनमा अन्तरघात हुँदा काँग्रेसले ७ नम्बर प्रदेशमा अप्रत्यासित हार व्यहोर्नु परेको प्रसङ्ग जोड्दै नेता साउदले व्यक्ति भन्दा पनि पार्टीको नीतिगत निर्णय अनुसार चल्न आह्वान गर्नुभयो । टिकट नपाएका कार्यकर्ताले असन्तृष्टी पोख्नु स्वभाविक भएको बताउदै उनले टिकट नपाएको भन्दै अन्तरघात गर्नु दुःखद भएको बताए ।