३० आश्विन २०८३, शुक्रबार

देवनारायणको गिरफ्तारीः जसको परिणाम भारतले नराम्रोसंग भोग्नु पर्नेछ

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

– शान्ता चौधरी

भारतले नेपालको विरुद्धमा गर्ने ज्यादती फेरि शुरु भएको छ । यसको एउटा उदाहरण हो तिलाठीका देवनारायण यादवको भारतीय सुरक्षाकर्मीबाट बिना कसुर गिरफ्तारी सिमानामा खम्बा बनेर उभिएका यादव र उनका छोरालाई बिना गल्ती गिरफ्तारी गर्नु । भारतले नेपाल र नेपाली माथि घोर अपराध गर्नु हो ।

भारत झुक्याई झुक्याई नेपाल र नेपालीमाथि अपराध गर्छ । कहिले नेपालका तराई मुलका नेता उक्साएर नाकाबन्दी गर्छ, कहिले सप्तकोशीको बाध थुनेर सिराहा, सप्तरी, सुनसरीमा जलमग्न बनाउछ, कहिले चुनाव हुन नदिने खेल खेल्छ, कहिले बनेको संबिधान फेल गराउन योजना बुन्छ । तर नेपालीको एकताका कारण फेल हुन्छ । फेरि अहिले एउटा जाल बुनेको छ, त्यो जाल हो देवनारायण यादवलाई गिरफ्तार गरेर नेपाल र नेपालीबीचको एकताको परीक्षा लिदैछ, यसमा पनि भारत फेल हुन्छ । यसमा हामी एकजुट भएर उभिन जरुरी छ ।

बिना गल्ती आफ्नो देशको नागरिकलाई त प्रहरीले त्रसित पार्ने धरपकड गर्ने अधिकार छैन भने भारतका प्रहरी आएर नेपालको नागरिकलाई बिना सूचना दुस्ख दिनु छिमेकी हुनुहुको नाता बिगार्नु हो । त्यसैले भारत हाम्रो सच्चा छिमेकी हो भने देवनारायण यादवलाई बिना सर्त रिहाई गर्नुपर्छ र आफ्नो नीति नियम भन्दा बाहिरका छिमेकीलाई दुःख दिने प्रहरीलाई तत्काल पद मुक्त गरि कार्बाही गर्नुपर्छ । नत्र हामी नेपालीको एकता भारतले चिन्न गाह्रो पर्नेछ ।

स्थानीय तहको निर्वाचन भयो अब नेपालमा प्रदेश र संघको निर्वाचन हुने मिति तोकिसकेको छ । अब भारत जाल बुन्दै छ कि कसरी नेपालमा फेरि चुनाव हुन नदिने भैहालेनी कसरी मिति पर सार्ने कसरी नेपालमा अशान्ति ल्याउने र नेपालीलाई दुःख दिने योजना अन्तर्गत फेरि एउटा निर्दोष व्यक्ति देवनारायण यादवलाई सास्ती दिएको छ । जसको परिणाम भारतले नराम्रोसंग भोग्नु पर्नेछ ।

भारत झुक्याई झुक्याई नेपाल र नेपालीमाथि अपराध गर्छ । कहिले नेपालका तराई मुलका नेता उक्साएर नाकाबन्दी गर्छ, कहिले सप्तकोशीको बाध थुनेर सिराहा, सप्तरी, सुनसरीमा जलमग्न बनाउछ, कहिले चुनाव हुन नदिने खेल खेल्छ, कहिले बनेको संबिधान फेल गराउन योजना बुन्छ । तर नेपालीको एकताका कारण फेल हुन्छ । फेरि अहिले एउटा जाल बुनेको छ, त्यो जाल हो देवनारायण यादवलाई गिरफ्तार गरेर नेपाल र नेपालीबीचको एकताको परीक्षा लिदैछ, यसमा पनि भारत फेल हुन्छ । नेपाललाई फेल गराउन लाग्दा भारत र नेपालको छिमेकी सम्बन्ध नै फेल हुने अबस्था सिर्जना भारत आफैंले गरेको छ । यसमा हामी एकजुट भएर उभिन जरुरी छ ।

भारत जहिले पनि नेपालको प्रभु बन्न खोज्छ, त्यो अब सम्भावना छैन । किनभने यसको उदाहरण हो नचाहदा नचाहदै नेपालमा संविधान आउनु, कडा नाकाबन्दीको सबै नेपाली लागेर सामना गर्नु । भारतले पटक पटक मिति सार्न लाउदानी स्थानीय तहको निर्वाचन हुनु । प्रदेश नम्बर २ बिहार बनाउन खोज्दा सबैले कडा सामना गर्नु, भारतको लागी खानामा बालु मिसाए जतिकै हो ।

त्यसैले सिमानामा खम्बा भएर सच्चा नेपाली हुनुको धर्म निर्वाह गर्दै आएका देवनारायण यादवलाई भारतीय प्रहरीले गिरफ्तार गरेर एकपटक फेरी अपराध गरेको छ । यस्ता अपराधमा संलग्न प्रहरीको पद मुक्ति गरि तत्काल कार्बाही होस, बिना सर्त भारतले यादवलाई रिहा गरोस्, यसमा हामी सबै नेपाली एक हुन जरुरी छ । चाहे कुनै जात होस् वा पार्टी नभनी एउटा बाटोमा उभिएर बिरोध गरौं ।