११ मंसिर २०८३, शुक्रबार

देवनारायणको गिरफ्तारी भारतको बलमिच्याई हो, विना शर्त रिहा गरः धनराज गुरुङ

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका नेता एवं सांसद धनराज गुरुङले सीमा रक्षक देवनारायण यादवलाई विना कारण पक्राउ गरेर भारतले बलमिच्याई गरेको आरोप लगाएका छन् ।

यादवको गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै सांसद गुरुङले यादवलाई विनाशर्त रिहा गर्न भारत सरकारसँग माग गरेका छन् । उनले कुटनीतिक पहल थाल्न नेपाल सरकारको समेत ध्यानाकर्षण गराएका छन् ।

उनले समाजिक सञ्जाल ट्वीटरमा भनेका छन्– ‘सप्तरीका देव नारायण र उनको छोरालाई भारतीय प्रहरीले बिना कारण पक्राउ गर्नु बलमिच्याई नै हो । देवका बाबु–छोरालाई बिना सर्त रिहा गर, भारत सरकार ।’

अघिल्लो बर्ष सप्तरीको तिलाठीमा नेपालको सीमा बचाउन रगत बगाएका देवनारायणलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा भारतको चर्को आलोचना भइरहेको छ ।