काठमाडौं, १६ असोज । सीमारक्षक देवनारायण यादवको गिरफ्तारीविरुद्ध राजधानीमा आज प्रदर्शन हुने भएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अगुवाईमा आज दिउँसो ३ बजे यादवको रिहाईका लागि सरकारलाई दबाब दिन प्रदर्शनीमार्गमा विरोध प्रदर्शन हुन लागेको हो ।
अनेरास्ववियुका सचिव समिक बडालले सप्तरीको तिलाठीका नेपाली भुमी रक्षक देवनारायण यादव रिहाईका लागि सरकारलाई दबाब दिन विरोध र्यालीको आयोजना गरिएको जानकारी दिए ।
‘सप्तरीको तिलाठीका नेपाली भुमी रक्षक देवनारायण यादवको भारतीय प्रहरीद्वारा गिरफ्तार गर्दा यो सरकारको मौनता किन ?’ उनले प्रश्न गर्दै भने– ‘तत्काल स–सम्मान रिहाइको पहलका लागि दबाब दिन आज दिउँसो ३ बजे प्रदर्शनीमार्ग जाऔं!’
अनेरास्ववियुले देवनारायणको रिहाईका लागि सडकमा उत्रिन युवा विद्यार्थीहरुलाई आह्वान समेत गरेको छ ।












प्रतिक्रिया