११ मंसिर २०८३, शुक्रबार

सरकारलाई नारायणकाजीको प्रश्न- देवनारायण यादवको भारतमा पक्राउ किन ? तत्काल रिहाईको पहल गर

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सीमा रक्षक देवनारायण यादवलाई भारतीय प्रहरीले अनाहकमा पक्राउ गरेकोमा विरोध जनाएका छन् । देवनारायणको गिरफ्तारी किन भन्दै सरकारलाई प्रश्न गर्दै रिहाईका लागि आवश्यक पहल कदमी लिन ध्यानाकर्षण समेत गराएका छन् ।

देवनारायण यादव पक्राउ परेपछि भारतको चर्काे आलोचना भइरहेका बेला सामाजिक सञ्जाल फेसबुकमार्फत नेता श्रेष्ठले प्रश्न गरेका छन्– ‘सीमा अतिक्रमण र अन्यायपूर्ण बाँध निर्माणको बिरुद्ध तिलाठी सङ्घर्षका अगुवा देवनारायण यादवको भारतमा पक्राउ किन ? सरकारले तत्काल आवश्यक पहल गरोस् ।’

नेपालको सीमा बचाउन अघिल्लो बर्ष रगत बगाएका देवनारायणलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा भारतको चर्को आलोचना भइरहेको छ ।