२९ आश्विन २०८३, बिहिबार

रायो भालेकानो रियल मड्रिडसँग ५–१ ले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ronaldo1 काठमाडौं, २३ कात्तिक । शनिबार राति भएको खेलमा रियल मड्रिडले रायो भालेकानोलाई ५–१ को  फाराकिलो अन्तरले पराजित गरेसँगै उसले आफुलाई स्पेनिस ला लिगा फुबटबलमा शीर्षता कायमै राखेको छ ।

११ खेल खेलेको  रियल मड्रिड २७ अंकका साथ शीर्ष स्थानमा छ । शनिबार भएको खेलमा  नवौं मिनेटमा नै ग्यारेथ बेलको गोलबाट अग्रता लिएको थियो ।

उसका लागि सर्जिओ रामोस, टोनी क्रुज, करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोले गोल गरे । रोनाल्डोले ८३ औं मिनेटमा गोल गरे ।

लिगमा उनको १८ औं गोल हो । यो सिजन ला लिगामा १० खेल खेलेका रोनाल्डोले सबै खेलमा गोल गरेका छन् ।

ला लिगामा अगष्ट ३१ मा रियल सोसिडाडविरुद्ध भने उनले खेलेका थिएनन् । जुन खेलमा रियल ४–२ ले पराजित गरेको थियो ।

त्यसयताका ९ खेलमा गोल गरेका रोनाल्डोले ला लिगाममा रियल मड्रिडको पहिलो खेलमा पनि गोल गरेका थिए ।