११ मंसिर २०८३, शुक्रबार

इन्टरपोलको ८६औं महासभामा सहभागी भई आईजीपी अर्याल स्वदेश फिर्ता

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, १३ असोज । प्रहरी महानिरीक्षक प्रकाश अर्याल असोज १० देखि १३ गतेसम्म चिनको बेइजिङमा सम्पन्न इन्टरपोलको ८६औं महासभामा सहभागी भई शुक्रबार स्वदेश फर्कनुभएको छ ।

इन्टरपोलका १ सय ९० सदस्य राष्ट्रका प्रहरी प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएको महासभामा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन असोज ७ गते त्यसतर्फ जानुभएका प्रहरी महानिरीक्षक अर्यालसँगै प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीसमेत स्वदेश फर्कनुभएको छ ।

उहाँहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक लगायत बरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कुरा गर्दै प्रहरी महानिरीक्षक अर्यालले उक्त महासभामा विशेष गरी विश्वव्यापी चुनौतीको रुपमा रहेको प्रतिआतंकबाद, संगठित अपराधलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा आपसी समन्वय र सहयोगको आवश्यकता र त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको बताउनुभयो । साथै प्रहरीको अनुसन्धान क्षमता कसरी अभिबृद्धि गर्ने, कसरी बढी भन्दा बढी अपराधी पक्राउ गरी कानूनको दायरामा ल्याउन सकिन्छ भन्ने बारेमा छलफल भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक अर्यालले इन्टरपोलको १००औं सदस्यको रुपमा आवद्ध भई नेपालले सदस्य राष्ट्रबाट प्राप्त गर्नुपर्ने सूचना तथा डाटावेशको सहयोगजस्ता विभिन्न सहयोग प्राप्त गरेको, नेपालमा अपराध गरी अन्य देश भागेका अपराधीहरुलाई नेपालमा ल्याएर कानुनको दायरामा ल्याई अदालतसम्म पु¥याउन जुन प्रयास भएको छ त्यो सहकार्य र समन्वयबाट नेपाल लाभान्वित भएको बताउनुभयो ।

प्रहरी महानिरीक्षक अर्यालले सदस्य राष्ट्रका प्रहरी प्रमुख तथा प्रतिनिधिसँग औपचारिक तथा अनौपचारिक छलफल गरी आपसी समन्वय र सहयोग आदान प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरिएको र सबै राष्ट्रका प्रहरी प्रमुखहरु एकआपसमा बाँधिएर काम गर्ने प्लेटफर्मको रुपमा इन्टरपोल रहेको कारण प्रहरीको कार्यक्षमता र प्रभावकारिता विस्तार हुँदै गएको समेत उल्लेख गर्नुभयो ।