
विराटनगर, १५ असार । विराटनगरमा नेपाली काँग्रेसको पार्टी कार्यालय नै जुवाको अखडा भएको खुलासा भएको छ ।
मोरङ प्रहरीले विराटनगर ९ स्थित कांग्रेसको वडा कार्यालय रहेको घरबाट ६ जना जुवाडेहरुलाई पक्राउ गरेपछि यसको खुलासा भएको हो ।
काँग्रेसको वडा कार्यालयभित्र तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा छापा मार्दा जुवाडेहरु पक्राउ परेपछि प्रहरी नै आश्चर्यचकित भएको छ ।
रंगेहात जुवाडे पक्राउ गरेको भएपनि प्रहरीले उनीहरुको नाम र बरामद नगद गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता विष्णुहरि कोइरालाले जुवाडे पक्राउ गरेपनि आफू कार्यालय बाहिर रहेको भन्दै थप जानकारी दिन मानेनन् ।











प्रतिक्रिया