
काठमाडौँ, १५ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टीका नेता तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
अध्यक्ष ओलीले आज दिउँसो ३ बजेपछि बालकोटस्थित आफ्नै निवासमा पार्टीका नेता, सर्वसाधारण जनता तथा शुभेच्छुकहरुलाई टीका जमरा लगाइदिन लागेका हुन् ।
आज बिहान ८ बजेदेखि पार्टीको स्थायी कमिटीको बैठक भएकोले टीकाको समय ३ बजेपछि सारिएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
एमाले अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलको निवासमा टीका लगाउन पार्टी कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागिरहेको छ ।











प्रतिक्रिया