
काठमाडौँ, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ४ बजेपछि सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनले टीका लगाइदिन लागेका हुन् । प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीका नेता तथा कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम रहेको जनाइएको छ ।
यसअघि प्रधानमन्त्री देउवाले आज आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गरे ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उनले टीका ग्रहण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पनि टीका ग्रहण गरे । दिउँसो २ बजे राष्ट्रपति भण्डारीको हातबाट टीका ग्रहण गरेका हुन् ।











प्रतिक्रिया