
काठमाडौं, १४ असोज । प्रधानमन्त्री हुँदा समेत दशैंको टीका बहिष्कार गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपालि दशैंको टीका लगाएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले लाजिम्पाटस्थित निवासमा श्रीमती सीता दाहाल, छोरा प्रकाश दाहाल, बुहारी बिना मगर, छोरी रेणु दाहाल, भतिज समीर दाहालसहित परिवारको साथ टीका लगाएका हुन् । प्रचण्डले पहिला श्रीमती सीता दाहाल अनि छोराछोरीलाई टीका लगाए ।

तर, उनको निधार खाली भएपछि श्रीमतीले प्रचण्डलाई पनि टीका लगाइदिइन् । श्रीमतीको हातबाट टीका ग्रहण गर्दाको क्षण रोमाञ्चक बनेको थियो ।

यसअघि प्रचण्डले लगातार दशैंको टीका बहिष्कार गर्दै आएका थिए । यसअघि प्रधानमन्त्री हुँदासमेत दशैंको टिका नलगाएपछि उनको आलोचना भएको थियो । तर, यसपटक भने उनले आफ्नो गल्ती सच्चाएका छन् । छोरा प्रकाश दाहालले फेसबुकमात्र सार्वजनिक गरेको तस्वीरमा प्रचण्ड परिवार निकै खुसी देखिएको छ ।













प्रतिक्रिया