२८ आश्विन २०८३, बुधबार

कृषिमा कानुन मिचेर कनिष्ठलाई महानिर्देशक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Agriculture Ministaryकाठमाडौं । कृषि मन्त्रालयले नियमविपरीत पाँच वरिष्ठलाई पन्छाएर कनिष्ठ सहसचिव योगध्वज जोशीलाई कृषि विभागको महानिर्देशक बनाएको छ ।

महानिर्देशक लीलाराज पौडेलले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा मन्त्री हरि पराजुली र सचिव जयमुकुन्द खनालले निजामती ऐनविपरीत जोशीलाई वातावरण विभागबाट लगेर महानिर्देशक बनाएका हुन् । ऐनमा वरिष्ठलाई कनिष्ठको मातहतमा राख्न नपाइने व्यवस्था छ ।

विभागमा नायब महानिर्देशकद्वय सुरेश तिवारी र वीरेन्द्र हमाल तथा क्षेत्रीय निर्देशकहरू पूर्वाञ्चलका सुरेश गौतम, पूर्वाञ्चलका धर्मदत्त बराल र मध्यमाञ्चलका लेखनाथ आचार्यलाई आफूभन्दा कनिष्ठ जोशीको मातहतमा काम गर्न बाध्य पारिएको छ ।

कृषिमन्त्री र सचिवले प्रशासनिक मर्यादाको मात्र उल्लंघन गरेर विभागमा काम गर्ने वातावरण बिगारेको स्रोतले जनायो । कनिष्ठ मातहतमा काम गर्नुपर्दा वरिष्ठ र अनुभवी सहसचिव निरुत्साहित भएको स्रोतले जनायो ।

एमाले मन्त्रीले जोशी पार्टीनिकट भएकाले महानिर्देशक बनाएको स्रोतको भनाइ छ । जोशी खुला प्रतिस्पर्धामा चार वर्षअघि सहसचिव भएका हुन् । त्यसअघि उनी कृषि क्याम्पस रामपुरमा उपप्राध्यापक र एमाले निकट प्रगतिशील प्राध्यापक संघका पदाधिकारी थिए ।

यसअघि स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले गरेको यस्तै निर्णयलाई पुनरावदेन अदालतले अघिल्लो साता कानुनविपरीत भन्दै उल्टाएको थियो । कान्तिपुर दैनिकबाट