
काठमाडौँ, १३ असोज । दैनिक नेपाल डटकम पाँचौ वर्षमा प्रवेश गरेको छ ।
साइन मिडियाबाट संचालित दैनिक नेपालका दैनिक लाखौं पाठक छन् । स्थापनाको पाँचौ बर्षको अवसरमा दैनिक नेपालका संस्थापक एवं प्रधान सम्पादक गणेश पाण्डेले सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता र शुभेच्छुकहरुमा आभार व्यक्त गरेका छन् ।
आगामी दिनमा पाठकको सुझाव अनुसार दैनिक नेपाललाई थप पठनीय र प्रविधिमैत्री बनाउँदै लैजाने पाण्डेले बताएका छन् ।
यसैगरी, दैनिक नेपालका कार्यकारी सम्पादक विमल योगीले डिजिटल पत्रकारिताप्रतिको आकर्षण बढ्नु खुसीको कुरा भन्दै दैनिक नेपालको पनि पाठकका दायरा बढेको बताएका छन् ।
दैनिक नेपालको प्रधान कार्यालय काठमाडौँको अनामनगरमा छ । नेपालका विभिन्न जिल्ला तथा प्रवासका बिभिन्न देशमा दैनिक नेपाल सहकर्मीहरु कार्यरत छन् ।











प्रतिक्रिया