३ कार्तिक २०८३, मंगलबार

गायक किरण बाबु पुनले भारतीय सञ्जिवनीसंग किन बाचा तोडे ?

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम । बहु चर्चित लोक दोहोरी गायक तथा सर्जग किरण बाबु पुनको मार्मिक गीत बाचा गर्छु सानु बजारमा आएको छ । बिल्कुलै मायाँ प्रेममा आधारित यस गीतमा गायक किरण बाबु पुन र भारतीय गायिका सञ्जिवनीको आवाज रहेको छ ।

नेपाली लोकदोहोरी गीतको इतिहासमा फरक मौलिकता बोकेको यो गीतले यथार्थ मायाँको भावलाई प्रष्ट पार्न खोजेको छ । वियोगान्त मायाँ प्रेमको गोरेटोमा संगै जिउने संगै मर्ने वाचा कसमहरु प्नि जिन्दगीको यात्रामा तोडिएर जान्छन् भन्ने उदाहरणहरु यस गीतका शब्द लहरीमा उनीएका छन् । यथार्थ मायाँ प्रेमको गोरेटेमा हिंड्दै गर्दा जुनी जुनी सम्म पनि एक अर्काको सम्बन्ध कहिल्यै नछुटोस् भन्ने यादगार पलहरुलाई दर्शाईएको अति मार्मिक गीत वाचा गर्छु सानुले साँच्चिकै सबैको मनलाई जित्न सक्ने आशा गरिएको छ ।

हजार रहर पनि एकाएक टुटेर जाने र त्यहि क्रममा विछोडिएको मायाँलुका लागि रुँदा–रुँदा थाकिएको महशुस र पिडा समेत यो गीतले दिने प्रयास गरेको छ । जीवन जिउने शिलशिलामा आफुसंगै रहेकी प्रेमिका आफ्नो साथमा नहुने गरी टाढिएपछि उस्को यादमा तड्पिएको मनको विलौना पनि संधैका लागि अन्त्य भएर जान्छ भन्ने कहानी यस गीतमा प्रस्तुत गरिएको छ ।

गायक किरण बाबु पुनको लय तथा शब्द सृजनामा सजिएको यो गीतमा प्रेम थापा र अञ्जली अधिकारीको अभिनय रहेको छ । कृष्ण फिल्मस् एण्ड एड्भरटाईजिङ्ग मार्फत बजारमा आएको वाचा गर्छु सानु गीतको निर्देशन भने बाबुराजा केसी ‘उज्जवलले’ गर्नुभएको छ ।

भिडियो: