११ मंसिर २०८३, शुक्रबार

उदयपुरमा नेता कार्यकर्ता एमालेमा प्रवेश, मधेसमा नरेन्द्र मोदीले पैसा बाँडेको आरोप

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, १० असोज । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचनको तयारी थालेसँगै उदयपुरमा उमेदवारको चर्चा सुरु भएको छ । चौक, बस्ति, टोल, चियापसल र भट्टीपसलदेखि लिएर चाडपर्वलाई लक्षित गरी आयोजना गरिएका कार्यक्रममासमेत टिकटका चर्चा सुरु हुन थालेका हुन् ।

चर्चामा सबैभन्दा राम्रो आफुले पाउँदा नत्र फलानोले पाए ठिक, अर्कोलाई दिए असहयोग गर्ने यो समस्या प्राय ठुला दल सबैमा देखिन्छ । तर हरेक कार्यक्रममा उनीहरुको एउटै प्रतिवद्धता छ, ‘मैदानमा धेरै छौ दगुरौ तर टिकट पाएको भोलीपल्ट सबै एक ढिक्का भएर हिडौँ ।’ यी प्रतिवद्धता अधिकांसले पुरा गरेको भने देखिन्न ।

यस्तै चर्चापरिचर्चा भयो मंगलबार नेकपा एमाले त्रियुगा नगर कमिटी वडानं ४ उदयपुरले आयोजना गरको शुभकामना आदानप्रदानमा । कार्यकर्तादेखि लिएर नेतालेसम्म शुभकामनासँगै आसन्न चुनावका कुरा गर्न भ्याए ।

उनीहरुले पार्टीलाई मजवुद र एकढिक्का बनाएर लैजानु पर्नेमा जोड दिए । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उमेदावारलाई हराउन ठुलै शक्ति भएको भएका मतपत्रले देखाएकाले आगामी दिनमा यसो नगर्न सहभागि कार्यर्ताले गुनासो गरे ।

कार्यकर्ता भन्दै थिए, ‘मतपत्र हेर्दा पार्टीभित्रकै उमेदवारको कोही टाउँको, कोही पिढ्यु त कसैले पुच्छर काटिएको देखियो ।’ सबैलाई दिने प्रमुखलाई नदिने, कसैले प्रमुख र अरुलाई दिने तर उपप्रमुख, वडाध्यक्षलाई नदिने कसैले माथिकालाई दिने तल सदस्यहरु हेरेर मत लगाउने कार्य देखिएकाले यस्ता कार्य नगर्न नेताहरुले आग्रह गरे ।

कार्यक्रममा शुभकामना आदानप्रदानभन्दा पनि उमेदवारी, पार्टीले जित्नु पर्नेकुरामा जोड दिइयो । कार्यक्रममा प्रमुख अतिथि प्रदेशनं १ कमिटी सदस्य राजकुमार राईले एमाले वलियो भए मात्र देश शक्तिशाली हुने बताए । उनले राष्ट्रिय स्वाभिमान कायम राख्न मुलुकमा एमाले वाहेकको विकल्प नरहेको बताए ।

राईले स्थानीय तहको तेस्रोचरणको निर्वाचनमा एमालेलाई परास्त पार्न चौतर्फी शक्ति मिल्दासमेत नभएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तराईमा पैसा बाँडेको आरोप लगाए ।

यसैविच सोही कार्यक्रममा अर्जुन दाहाल, लालबहादुर कार्की, हिरा राई, चन्द्रिका सुवेदी, चम्फा कार्की लगायत १६ जना नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई प्रमुख अतिथि लगायत विशेष अतिथिहरुले टिका लगाएर स्वागत गरेका थिए । कार्यक्रम पार्टीका वडा कमिटी अध्यक्ष सृजना पौडेलको अध्यक्षता र सञ्चालन कल्पना ढकालको सञ्चालनमा भएको थियो ।