११ मंसिर २०८३, शुक्रबार

ओली र निधिलाई विद्यार्थीले भने- शिक्षा ऐनको नवौं संशोधन विद्येयक फिर्ता नभए आन्दोलन

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । संयुक्त विद्यार्थी संघर्ष समितिले हालै व्यवस्थापिका संसदबाट पारित शिक्षा ऐनको नवौं संशोधन विद्येयक फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ ।

नेपाल विद्यार्थी संघ, अनेरास्वावियु, अखिल क्रान्तिकारी, अखिल छैटौं, नेपाल लोकतान्त्रिक विद्यार्थी फोरम, अखिल पाँचौ र राप्रबिसंघका अध्यक्षहरुदरा हस्तारित पाँच बुँदे ज्ञापनपत्रमा भनिएको छ ‘तत्काल यो विद्येयक संशोधन नभए लाखौँ विद्यार्थी तथा शिक्षकको भविष्य बरबाद हुने छ, सरकारले नसच्याए कडा आन्दोलन गरिनेछ ।’

संघर्ष समितिले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधिलाई भेटेर ज्ञापनपत्र बुझाएको छ ।

विद्यार्थी संगठनका तर्फबाट ज्ञापनपत्र बुझाउदै नेबिसंघका अभ्यक्ष नैनसिंह महरले विद्येयक गुणस्तरिय शिक्षा पाउन लामबद्ध भएका ६७ लाख विद्यार्थीको हक बिरुद्ध भएको भन्दै यस्ले शिक्षक बन्ने प्रतिस्पर्धामा लागेका ८ लाख युवालाई हतोत्साहित बनाएको छ, यस्को बिकल्पको खोजीमा लागेको बताए।

उनले भने ‘यो ऐन लागू भए देशको शैक्षिक गुणस्तरको कुरा गर्न मिल्दैन । यसले अस्थायी शिक्षक र विद्यार्थी कसैको हित गर्दैन ।’ त्यसैले आन्दोलन गर्नुको विकल्प नभएको तर्क महरले गरे ।

शिक्षा ऐनको आठौं संशोधनले अस्थायी शिक्षकलाई दिएको ५१ प्रतिशत सहभागिताको विषयलाई बढाएर ७५ प्रतिशत बनाएकोमा पनि बिद्यार्थी संगठनले आश्चर्य व्यक्त गरेका छन् । विद्यार्थी संगठनका तर्फबाट पहिलो चरणमा बिभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुझाउने, सुनुवाइ नभए कडा आन्दोलनको थालनी गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।