११ मंसिर २०८३, शुक्रबार

चाँदीका गहनासहित भारतीय पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ९ असोज । साढे चार किलो अवैध चाँदीका गहनासहित भारतीय नागरिक सुरेन्द्र साह पक्राउ परेका छन् ।

भारतको मोतीहारी जिल्ला औराहियाठाना–४ आदापुर घर भएका ५१ वर्षीय साहलाई आइतबार साँझ बागलुङ सदरमुकामबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

करिब रु तीन लाख २० हजार मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित साह पक्राउ परेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो । साहले भारतको रक्सौलबाट अवैध चाँदीका गहना ल्याई बागलुङका व्यापारीलाई बेच्ने गरेको उहाँको भनाइ छ ।

बरामद भएको गहनामा ५० प्रतिशत मात्र सक्कली चाँदी प्रयोग भएको प्रहरीले जनाएको छ । प्रहरीले साहमाथि थप अनुसन्धान अघि बढाएको छ । – रासस