काठमाडौं । कलाकार निनाम हाङ राईले निर्माण गर्ने चलचित्र कमल खालिङले निर्देशन गर्ने भएका छन् । निनाम फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र युवाको कथामा निर्माण हुन लागेको हो ।
चलचित्रमा निनाम सहित केही नयाँ र केही पुराना कलाकारको अभिनय रहनेछ । कलाकार छनौटका लागि अहिले अडिसन भइरहेको निर्देशक खालिङले बताए ।
युवाहरु बिदेशीने क्रम बढ्न थालेपछि देशको ग्रामिण भेगमा देखिएको युवाको अभाव समेत चलचित्रले समेट्नेछ । छिट्टै नाम जुराएर चलचित्रको छायाँकन मिति सार्वजनिक गर्ने निर्माता समेत रहेका कलाकार निनामले बताए ।
मोडलिङ र ब्यवसायमा नाम कमाएका राईले ब्यवसायका लागि चलचित्र निर्माण गर्न लागेको हुन् । कमर्सियल चलचित्र निर्माणमा आफु लगातार लागि रहने बताए ।
अमेरिका, युके, हङ्कङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया, ताइवान, जर्मनी, फ्रान्स, पोल्याण्ड र पोर्चुगललगायतका मुलुकमा व्यवसायिक कामको सिलसिलामा भ्रमण अनुभव भिएका राई चलचित्र निर्माणमा पनि आफु सफल हुने बताउँछन् ।
















प्रतिक्रिया