काठमाडौं, ८ असोज । नेपालको आन्तरिक राजनीतिमा भारतले हस्तक्षेप गर्दै आएको कुनै नयाँ कुरा होइन् । तर, अब यो हस्तक्षेप अदालतसम्म पुगेको रहस्य बाहिर आएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यो रहस्यको पर्दाफास गर्दै कडा शब्दमा विरोध जनाएको छ । रोचक कुरा त के भने अदालतलाई दबाब दिने भारतीय प्रयासमा सरकारले नै सघाएको देखिएको छ ।
यो प्रसंग कुन अदालतको हो भन्ने खुलाइएको छैन् । तर, तीन दिनसम्म चलेर आज सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले न्यायालयमाथि भारतीय हस्तक्षेप अस्वीकार्य भनेको छ ।
बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीद्वारा विज्ञप्तिको १२ नम्बर बुँदामा भनिएको छ– ‘स्वतन्त्र न्यायपालिकाकामाथि नै आँच पु-याउने गरी भारतीय पक्षबाट अदालतलाई कुनै मुद्दामा आफ्नो हित अनुकूल फैसला हुनुपर्ने भनी पत्र लेख्ने कामप्रति गंभीर ध्यानाकर्षण भएको छ । उक्त पत्रलाई अस्वीकार गर्दै फिर्ता गर्नुको साटो नेपालको परराष्ट्र मन्त्रालयले सम्बन्धित अदालतलाई पठाउने कार्यको भत्र्सना गर्दछौं । नेपालको संविधान र स्वतन्त्रताको हेक्का राख्न सम्बन्धित सबै पक्षलाई सचेत तुल्याउन चाहन्छ ।’












प्रतिक्रिया