११ मंसिर २०८३, शुक्रबार

पार्टीमा नफर्किए वैद्य, बाबुराम र विप्लवको अस्तित्व समाप्त भएर जान्छः प्रचण्ड

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

– क्षेत्रनाथ देबकोटा

बाँके, ८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस र एमालेको अस्तित्व समाप्त भईरहेको बेला माओबादीले काँग्रेस र एमालेको रक्षा गदै नेपालमा गणतन्त्र ल्याएको बताए छन ।

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बाँकेले कोहलपुरमा आयोजित ध्रुवीकरण तथा पार्टी प्रबेश कार्यक्रममा बताएका हुन । नेपाल कम्युनिष्ट पार्टी  (माओबादी केन्द्र) लाई छोडी बिभिन्न दलमा गएका नेता कार्यकर्तालाई प्रबेश गराउदै अध्यक्ष प्रचण्डले देश भरी ध्रुबीकरण तथा पार्टी प्रबेशको लहर चलिरहेको हुनाले किरण, बाबुराम र बिप्लवहरु माओबादी केन्द्रमा प्रबेश नगरे उनीरुको अस्तित्व समेत समाप्त भएर जाने बताउदै नेपालका सम्पूर्ण माओबादीहरुको एकता भएमात्र जनताले पाएको सिंहदरबारको अधिकार जनताको घरदैलोमा प्रबेश गर्ने बताए ।

अध्यक्ष प्रचण्डले ८ देखि १० बर्ष पछि माओबादी केन्द्रले मुलुकमा समाजबादी क्रान्ति गरेर नेपालमा रहेका जनजाति, मधेशी दलित र उत्पीडित समुदायको अधिकार माओवादी पार्टीले मात्र दिनसक्ने बताउदै प्रचण्डले नेपालमा रहेको एकात्मक सत्ता, राजतन्त्र, निरंकुश शासन उखेल्दै धर्मनिरपेक्षता माओवादी पार्टीले स्थापना गरेको बताए ।

माओबादी केन्द्रका ५ नम्बर प्रदेश इन्चार्ज बर्षमान पुनले दलित, जनजाति, आदिबासी, मधेशी समुदायको अधिकारको स्थापना गरि सम्बृद्धि नेपाल बनाउने अभियानमा लागेको माओवादी केन्द्रले चालेको ध्रुबीकरण पार्टी प्रवेश अभियान सफल पार्न नेपालमा रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीको दायित्व रहेको बताए ।

ध्रुवीकरण तथा पार्टी प्रबेश कार्यक्रममा पुर्बमाओबादी डिभिजन सहायक कमाण्डर नेकपा बिप्लव समूहका नेता अशोक रोकाय, नयाँ शक्ति नेपालका नेता गणेश चौधरी लगायत विभिन्न राजनैतिक दल परित्याग गरेका आएका नेता कार्यकर्ताहरुलाई अध्यक्ष प्रचण्डले टिका र माला लगाएर स्वागत गरेका थिए ।